काठमाडौं । जेन–जी अभियन्ता मिरज ढुंगानाले गृहमन्त्री सुधन गुरुङको अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै आन्दोलन विचार र जनसमर्थनले अघि बढ्ने बताएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही बोतल पानी वितरण गरेर सांसद र मन्त्री बनेकाले अरूलाई राजनीति गर्न खोजेको आरोप लगाउनु उपयुक्त नहुने टिप्पणी गरे। उनले आन्दोलन पानी बाँडेर नभई विचार, उद्देश्य र जनविश्वासका आधारमा सफल हुने उल्लेख गरेका छन्।
यसअघि ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन कार्यक्रममा गृहमन्त्री गुरुङले केही जेन–जी अभियन्ताले आन्दोलनको नाममा रगत र बलिदानमाथि राजनीति गर्न खोजेको भन्दै चेतावनी दिएका थिए।
सोही अभिव्यक्तिको जवाफमा ढुंगानाले कानुनी शासनमा सरकारका कमजोरी सुधार्न सुझाव दिनेलाई चेतावनी दिनु उचित नभएको बताएका छन्। साथै, आफूलाई छोएर देखाउन चुनौती दिँदै आगामी ४ वर्ष ८ महिनामा जनताले सबै कुरा स्पष्ट रूपमा देख्ने दाबी गरेका छन्।
प्रकाशित मिति: २१ श्रावण २०८३, बिहिबार










प्रतिक्रिया