काठमाडौं । नेपाली सेनामा जागिर लगाइदिने भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द्रलाई प्रहरीले पक्राउ गरेको हो।
उनीमाथि नेपाली सेनामा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिबाट दुई लाख ४० हजार रुपैयाँ रकम असुली गरी ठगी गरेको आरोप छ। इलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई चिसापानी क्षेत्रबाट पक्राउ गरेको हो।
पक्राउ परेका चन्द्रलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया