काठमाडौं । फागुन २१ को चुनावअघि विदेश गएका नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्कने भएका छन्।
विशेष महाधिवेशनको विपक्षमा रहेका नेताहरूले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेका छन्। सोही भेलालाई सम्बोधन गर्नेगरी देउवा स्वदेश फर्कन लागेका हुन्।
देउवा दम्पती स्वास्थ्योपचारका लागि चुनावअघि सिंगापुर गएका थिए। बिचमा हङकङ गएका उनी केही समय त्यहाँ बसेका थिए। देउवा अहिले सिंगापुरबाट नै फर्किन लागेको बताइएको छ।
प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार













प्रतिक्रिया