काठमाडौं । काठमाडौंको शङ्खरापुर नगरपालिका–१ छापभञ्ज्याङ क्षेत्रका घरहरूमा चोरी गरेको आरोपमा सिन्धुपाल्चोकका २० वर्षीय कुमार तामाङ पक्राउ परेका छन्।

प्रहरीले बिहीबार दिउँसो जहरसिंहपौवास्थित होटल रूफटपबाट तामाङलाई नियन्त्रणमा लिएको हो। खोजतलासका क्रममा उनको साथबाट चोरीमा प्रयोग भएको फलामको रड, सुनको तिलहरी, मोबाइल फोन र बा.प्र.०२–६४ प ६४७४ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।

चोरी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर तामाङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com