धनगढी । कञ्चनपुरमा घरको दोस्रो तलाबाट खसेर एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका–६ ऐठपुरका २३ वर्षीय कपिल नेगीको छतबाट खसेर मृत्यु भएको हो।
शुक्रबार साँझ घरको छतबाट भुइँमा खसेका नेगीलाई उनका आमाबुबाले फेला पारेपछि तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याएका थिए। उपचारका क्रममा राति साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए।
नेगीको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमै राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया