काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिमा प्राप्त पदभन्दा समाजमा आर्जन गरेको प्रतिष्ठा नै सफलताको वास्तविक मापदण्ड भएको बताएका छन्।

स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले सीमित व्यक्तिले मात्र राजनीतिक पद प्राप्त गर्ने भएकाले पदलाई सफलताको आधार बनाउन नहुने बताए।

‘राजनीतिमा धेरै मानिस भए पनि पद औँलामा गन्न सकिने सीमित व्यक्तिले मात्रै प्राप्त गर्छन्। त्यसैले पद सफलताको मानक होइन,’ थापाले भने, ‘हामीले आर्जन गरेको प्रतिष्ठालाई सफलताको मानक बनाउन सक्यौँ भने प्रत्येक व्यक्तिले त्यो सम्भावना बोकेर हिँड्न सक्छ।’

थापाले पार्टीभित्र देखिएका आन्तरिक असमझदारी समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए। यद्यपि, एकताको नाममा कांग्रेसको मूल मर्म, पहिचान र चरित्र कमजोर बनाउन नहुने उनको भनाइ थियो।

उनले विगतमा जस्तै प्रत्येक कार्यकर्ताले ‘म कांग्रेस हुँ’ भनेर गर्वका साथ उभिन सक्ने वातावरण पुनः निर्माण गर्नुपर्ने बताए।

कांग्रेसका भ्रातृ संगठन तथा युवा पुस्तामाझ पार्टीप्रतिको साख, गौरव र विश्वास पुनःस्थापित गर्न आवश्यक रहेको उल्लेख गर्दै थापाले संगठनलाई त्यही दिशामा अघि बढाउनुपर्ने बताए।

 

प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com