भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका १२३ नेता तथा कार्यकर्ता श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्।
पार्टी प्रवेश गर्नेमा साल्पासिलिछो गाउँपालिका–६ का दुईपटक निर्वाचित वडाध्यक्ष एवं कांग्रेस भोजपुर जिल्ला सदस्य विक्रम वन, कांग्रेस पालिका कमिटी सचिव श्रीभक्त राई र तरुण दल जिल्ला सदस्य विष्णु राईलगायत छन्।
गाउँपालिकाको केन्द्र चौकीडाँडामा आयोजित कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य हेमन्त राईले नवप्रवेशीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरे।
यसैगरी, पूर्वमाओवादी केन्द्रका गाउँ पार्टी अध्यक्ष तथा प्रदेश सदस्य प्रेम किराँती र वाईसीएल प्रदेश कमिटी सदस्य रमेश राईको नेतृत्वमा ४८ जना नेता–कार्यकर्ता पनि श्रम संस्कृति पार्टीमा समायोजन भएका छन्।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रकाशित मिति: २३ श्रावण २०८३, शनिबार












प्रतिक्रिया