बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार बाह्रकोटीगाउँस्थित भित्री सडकमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीको मृत्यु भएको हो। दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार पाँच जना घाइते भएका थिए।
गम्भीर घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा सुखि बिवीको दिउँसो करिब १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार












प्रतिक्रिया