काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न गरेको छ। अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेतालाई जनही ३.५ तोला सुनको गोल्डेन बल हस्तान्तरण गरिएको छ।

शुक्रबार काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजित विशेष समारोहमा अभियानका विजेताहरू प्रमेश केसी, तिप्सिका राणा र सबिना थापालाई पुरस्कार हस्तान्तरण गरिएको हो।

एक्सट्रिमको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताले सहभागिता जनाएको कम्पनीले जनाएको छ। एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी उपभोक्ताहरूले लक्की ड्रमा सहभागिता जनाएका थिए।

विश्वकप फुटबलको उत्साहलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको अभियानले उपभोक्ताबाट उत्साहजनक सहभागिता पाएको कम्पनीको भनाइ छ।

पुरस्कार ग्रहण गर्दै विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले आगामी दिनमा पनि कम्पनीले उपभोक्तालाई केन्द्रमा राखेर यस्तै नवीन र आकर्षक अभियान सञ्चालन गर्ने अपेक्षा व्यक्त गरे।

यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रको नतिजासमेत सार्वजनिक गरिएको छ। उक्त योजनामा समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन्।

कम्पनीले उपभोक्ताबाट प्राप्त सहभागिता र विश्वासप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सिर्जनात्मक, प्रविधिमैत्री तथा उपभोक्तामुखी अभियानलाई निरन्तरता दिने जनाएको छ।

खेलकुद, मनोरञ्जन तथा उपभोक्ता सहभागितामूलक गतिविधिमार्फत ब्रान्डलाई उपभोक्तासँग थप नजिक लैजाने उद्देश्यका साथ एक्सट्रिम इनर्जी ड्रिंकले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com