काठमाडौं । कञ्चनपुरमा पछिल्लो चार वर्षमा सवारी दुर्घटनामा परी १५४ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि हालसम्म दुर्घटनामा परी उक्त मानवीय क्षति भएको हो। पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाको जोखिम बढी रहेको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार तीव्र गति, विशेषगरी मोटरसाइकल तथा स्कुटरको दुर्घटना, दुर्घटनाको प्रमुख कारणमध्ये रहेका छन्। रातिसम्म नियमित सडक जाँच तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथिको निगरानी बढाइएपछि यस्ता घटनामा केही कमी आएको प्रहरीको भनाइ छ।

गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै कञ्चनपुरमा ५६४ वटा सवारी दुर्घटना हुँदा ४१ जनाको मृत्यु र ८७८ जना घाइते भएका थिए। सोही वर्ष ट्राफिक नियम उल्लङ्घन गर्नेबाट ५९ लाख १४ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो।

प्रकाशित मिति: २४ श्रावण २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com