काठमाडौं । महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बसले पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको खैरहनीमा एक युवकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–१ स्थित शाहीचोकमा आज बिहान बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षीय परिचय नखुलेका युवकलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।

दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com