काठमाडौं । हाल गृह मन्त्रालय रहेको स्थानमा परराष्ट्र मन्त्रालयको नयाँ भवन निर्माण गरिने भएको छ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली कांग्रेसका सांसद निष्कल राईको प्रश्नको जवाफ दिँदै नयाँ भवन निर्माणको तयारी अघि बढिसकेको जानकारी दिएका हुन्।

मन्त्री खनालका अनुसार परराष्ट्र मन्त्रालयको भवन निर्माणका लागि आवश्यक प्रारम्भिक तयारी पूरा भइसकेको छ। भवनको ‘आर्किटेक्चरल ड्रइङ’ समेत तयार भइसकेको उनले संसद्लाई जानकारी गराए।

उनले मन्त्रालयको आफ्नै भवन निर्माण भएपछि परराष्ट्र मन्त्रालयको प्रशासनिक तथा कार्यालय सञ्चालनसम्बन्धी कामलाई थप व्यवस्थित बनाउन सहज हुने बताए।

हाल गृह मन्त्रालय रहेको स्थानमा नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाउने सरकारको योजना रहेको मन्त्री खनालले स्पष्ट पारेका छन्।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com