काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानको जिम्मेवारी स्पिनर सन्दीप लामिछानेलाई दिएको छ।

क्यानले यसअघि ओडिआई र टी–२० दुवै टोलीको नेतृत्व गर्दै आएका रोहित पौडेललाई हटाउँदै सन्दीपलाई ओडिआईको नयाँ कप्तान नियुक्त गरेको हो। यससँगै सन्दीप लामिछाने करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका छन्।

सन् २०२२ मा नेपाली टोलीको कप्तानी गरेका सन्दीप त्यसपछि विवादमा परेपछि कप्तानीबाट हटेका थिए। पछिल्लो समय आईसीसी विश्वकप लिग–२ मा नेपालको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि क्यानले नेतृत्व परिवर्तन गरेको हो।

यसअघि क्यानले दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको कप्तानको जिम्मेवारी दिइसकेको छ। अब सन्दीपको नेतृत्वमा नेपाली टोलीले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ।

मलेसिया भ्रमणका लागि नेपाली टोली:
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com