काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा १५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। विशेष अदालतले तत्काल उपलब्ध प्रमाणका आधारमा उनलाई थुनामै राख्न आवश्यक नरहेको भन्दै धरौटीमा छाड्ने आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। कार्कीले भने आफूले कुनै नयाँ प्रावधान नराखी नेपाल–चीनबीच भएको ऋण सम्झौता कार्यान्वयन मात्र गरेको दाबी गरेका छन्।
प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार













प्रतिक्रिया