काठमाडौं  । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवास्थित उत्साहित सुधार केन्द्रमा एक युवकको मृत्यु भएपछि प्रहरीले सुधार केन्द्रका अध्यक्ष तथा सञ्चालकसहित पाँच जनालाई पक्राउ गरेको छ।

मृत्यु हुनेमा सूर्यविनायक–१ सिरुटारका ४४ वर्षीय उमेश खड्गी रहेका छन्। घटनाको अनुसन्धानका क्रममा सुधार केन्द्रका अध्यक्ष तथा सञ्चालक सिन्धुपाल्चोक बाह्रबिसे–४ का ४७ वर्षीय गौतम श्रेष्ठसहित सुमन खपाङ्गी मगर, सविन कार्की, अशोक तामाङ र विकाश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला अदालत भक्तपुरबाट सोमबार चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिएका छन्।

प्रकाशित मिति: २५ श्रावण २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com