काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११:३० बजे बैठक बोलाइएको छ।

कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबारदेखि सुरु भएको यस बैठकमा केन्द्रीय सदस्यहरूले पालैपालो आ-आफ्नो धारणा राखिरहेका छन्। हिजो सोमबारको बैठकमा २२ जना केन्द्रीय सदस्यहरूले समसामयिक विषयमा धारणा व्यक्त गरेका थिए।

बैठकमा मुलुकको विद्यमान राजनीतिक घटनाक्रम, आर्थिक अवस्था तथा जनजीविकासँग जोडिएका विविध विषयहरूमा गहन छलफल भइरहेको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com