काठमाडौं। नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य छानबिनका लागि सर्वस्वीकार्य आयोग आवश्यक रहेको निष्कर्ष निकालेको हो। कांग्रेसले सरकारी संयन्त्रबाट मात्रै छानबिन गर्दा सरकारका कमजोरी ढाकछोप हुने आशंका गर्दै आएको र पछिल्लो घटनाक्रमले उक्त आशंका पुष्टि भएको दाबी गरेको छ।

घटनाको छानबिन र सम्झौता कार्यान्वयनको माग गर्दै १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको भन्दै कांग्रेसले चिन्ता जनाएको छ। साथै, पीडित पक्षसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न तथा विभिन्न समूहसँग सरकारले गरेका सहमति पनि इमानदारीपूर्वक लागू गर्न कांग्रेसले माग गरेको छ।

सरकारले पटक–पटक सम्झौता गर्ने तर कार्यान्वयन नगर्दा नागरिकमा सरकारप्रतिको विश्वास घट्दै गएको कांग्रेसको निष्कर्ष छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com