काठमाडौं । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट प्रहरीले स्रोत नखुलेको ७६ लाख रुपैयाँ बरामद गरेको छ। घटनामा पर्साको छिपहरमाई गाउँपालिका–१ का ३३ वर्षीय जितेन्द्र साह तुरहालाई प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालिमाटीको टोलीले फलफूल पसल तथा उनको डेराबाट रकम बरामद गरेको हो। आँचल फ्रुट सेन्टरबाट १० लाख ७० हजार रुपैयाँ र डेराबाट थप रकमसहित ३ लाख ४ हजार भारतीय रुपैयाँसमेत बरामद भएको प्रहरीले जनाएको छ। बरामद रकमको यकिन गणना भइरहेको र घटनाबारे कालिमाटी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया