काठमाडौं  । हात्तिवन जग्गा एकीकरण आयोजनाले आयोजनाभित्र अनधिकृत रूपमा निर्माण गरिएका संरचना सात दिनभित्र हटाउन सम्बन्धित जग्गाधनीलाई सूचना दिएको छ।
आयोजनाको स्वीकृत नक्सा तथा लेआउटअनुसार ए, बी र डी ब्लकबीच ६ मिटरको सडक निर्माण तथाभेल्पा ढलान गर्नुपर्ने भएकाले सडकको सीमाभित्र पर्ने संरचना हटाउन भनिएको हो।
ललितपुर महानगरपालिका–१५ मेल्याले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र संरचना नहटाए आयोजना आफैंले हटाउने र सम्बन्धित व्यक्तिविरुद्ध आवश्यक कानुनी कारबाही अघि बढाउने चेतावनी दिइएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com