काठमाडौं । राइडरहरूले उठाउँदै आएका माग सम्बोधन गर्न सरोकारवाला पक्षबीच औपचारिक वार्ता अघि बढाउने सहमति भएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको उपस्थितिमा मंगलबार राइडरका मागबारे छलफल भएको हो।
स्वतन्त्र चालक फाउन्डेसन नेपालले बुझाएको मागपत्रमा उल्लेखित विषयलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालय, फाउन्डेसन, आईओई पुल्चोक तथा राइड सेयरिङ कम्पनीहरूसहित सम्बन्धित पक्षबीच समन्वय गरेर समाधान खोजिने जनाइएको छ।
वार्तामार्फत समस्याको समाधान खोज्ने सहमति भएपछि सडकमा जारी आन्दोलन तत्कालका लागि स्थगित गर्न राइडरहरूलाई अपिल गरिएको छ।
प्रकाशित मिति: २६ श्रावण २०८३, मंगलबार













प्रतिक्रिया