रौतहट । सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र अभिव्यक्ति दिएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रविन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार स्थानीय सागर यादवलाई लक्षित गर्दै सामाजिक सञ्जालमा अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

सामाजिक सञ्जालमा राजनीतिक तथा व्यक्तिगत विषयलाई लिएर एकअर्काविरुद्ध आपत्तिजनक र अभद्र अभिव्यक्ति दिने क्रम बढिरहेका बेला रास्वपा नेताको पक्राउलाई स्थानीयस्तरमा चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com