काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेला काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ।
राष्ट्रिय भेला आयोजक समितिको प्रचार–प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माका अनुसार साउन २९ देखि ३१ गतेसम्म हुने भेला मिराकल पार्टी प्यालेसमा आयोजना गर्ने निश्चित भएको हो।
भेलाको प्रमुख अतिथिका रूपमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुने विश्वकर्माले जानकारी दिए।
उनका अनुसार साउन २९ गते दिउँसो १ बजे भेलाको उद्घाटन समारोह सुरु हुनेछ। पहिलो दिन उद्घाटन सत्र सञ्चालन हुनेछ भने त्यसपछिका दुई दिन बन्द सत्र हुनेछन्।
साउन ३० गते बिहान ८ बजेदेखि ९ बजेसम्म खाजाको समय छुट्याइएको छ। त्यसपछि दिउँसो १२ बजेसम्म बन्द सत्र सञ्चालन हुनेछ भने १२ देखि १ बजेसम्म खानाका लागि समय निर्धारण गरिएको छ।
राष्ट्रिय भेलामा देशभरबाट करिब ५ हजार नेता तथा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको विश्वकर्माले बताए।
प्रकाशित मिति: २७ श्रावण २०८३, बुधबार













प्रतिक्रिया