काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनआस्था साप्ताहिकका सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको भन्दै कडा आपत्ति जनाएका छन्। उनले श्रेष्ठलाई तत्काल रिहा गर्न सरकारसँग माग गरेका छन्।

पत्रकार श्रेष्ठको पक्राउप्रति प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले स्थापित मिडियाका सम्पादकलाई निश्चित कानुनी विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतान्त्रिक मूल्य-मान्यताको ठाडो उपहास भएको बताएका छन्।

प्रचण्डले भनेका छन्, “नेपालको स्थापित पत्रिका जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा निश्चित विधि र प्रक्रिया नअपनाई राज्यद्वारा धरपकड गरिनु लोकतन्त्रको उपहास हो।”

समाचार प्रकाशनसँग जोडिएको विषयमा राज्य पक्षबाट पत्रकारमाथि पक्राउ तथा धरपकड हुनु चिन्ताजनक रहेको उल्लेख गर्दै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न र कानुनी प्रक्रियाको पूर्ण पालना गर्न राज्यका निकायहरूलाई ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com