काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले पूर्वसभापति शेरबहादुर देउवाको समूह एकजुट रहेको दाबी गर्दै कांग्रेसभित्रको एकता कायम रहने बताएका छन्।

स्वास्थ्योपचारपछि स्वदेश फर्किएका देउवालाई स्वागत गर्न बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका तामाङले सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस विभाजन नहुने र पार्टीभित्रको एकता थप मजबुत बन्ने दाबी गरेका हुन्।

तामाङले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको विचार र राजनीतिक विरासत आफूहरूसँग रहेको दाबीसमेत गरे। कांग्रेस नै मुलुकको वास्तविक राजनीतिक शक्ति भएको उनको भनाइ थियो।

विशेष महाधिवेशनको प्रक्रियामाथि प्रश्न उठाउँदै तामाङले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउने निर्णय केन्द्रीय समितिबाट पारित हुनुपर्ने भए पनि त्यसो नभएको दाबी गरे।

उनले कांग्रेस सभापतिको पद गगन थापाले विधानसम्मत प्रक्रियाबाट प्राप्त नगरेको आरोपसमेत लगाए। तामाङले थापाले सभापतिको पद ‘लुटेर लगेको’ टिप्पणी गर्दै त्यसलाई पार्टी विधानअनुकूल प्रक्रिया नभएको दाबी गरे।

प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com