काठमाडौं । धरान–१४ स्थित नरसिंह भगवान मन्दिरको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी बिक्री गरेको आरोपमा आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारका अनुसार झुट्टा कागजात तयार गरी जग्गा तत्कालीन पुजारी टिर्रु चौधरीको नाममा नामसारी गरिएको थियो। ३६ लाख १० हजार रुपैयाँ मूल्याङ्कन गरिएको उक्त जग्गा प्रकरणमा तत्कालीन नगरपालिका, गाविस र मालपोत कार्यालयका कर्मचारीसमेत मुछिएका छन्।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया