काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको विकास र समृद्धिका लागि राजनीतिक आग्रह–पूर्वाग्रह त्यागेर सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। तनहुँमा आयोजित कार्यक्रममा उनले सरकार सुशासन र सुधारलाई प्राथमिकतामा राखेर स्पष्ट योजनासहित अघि बढिरहेको बताए।
वाग्लेले जनताको अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सुशासनबिना आर्थिक तथा सामाजिक विकास सम्भव नहुने बताए। देश निर्माणका लागि सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया