काठमाडौं । पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको नख्खुस्थित निवासमा प्रहरी टोली फेरि पुगेको छ। एउटा कोठामा खानतलासी गर्न छुटेको भन्दै प्रहरीले पुनः श्रेष्ठको घरमा पुगेको हो।
यसअघि बिहीबार राति प्रहरीले श्रेष्ठको निवासमा छापा मार्दै कम्प्युटर र ल्यापटप बरामद गरेको थियो। त्यसपछि पुनः प्रहरी पुगेपछि श्रेष्ठको परिवार त्रसित बनेको जनाएको छ।
श्रेष्ठ अदालतमा रहेका बेला प्रहरीले घरमा आएर ढोका ढकढकाएको र छोराछोरीलाई फोनमार्फत जानकारी गराउनुपरेको उनकी पत्नी सरस्वती श्रेष्ठले बताएकी छन्। प्रहरीको व्यवहारले परिवारलाई अनावश्यक हैरानी र त्रास सिर्जना भएको उनको गुनासो छ।
प्रकाशित मिति: २८ श्रावण २०८३, बिहिबार













प्रतिक्रिया