काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि सुरु हुने भएको छ । काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा प्रमुख अतिथिको रुपमा पूर्व सभापति शेरबहादुर देउवा सहभागी हुनेछन् ।

राष्ट्रिय भेला आयोजक समितिको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले भने ‘भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने निश्चित भएको छ । भेलाको प्रमुख अतिथि शेरबहादुर देउवा हुनुहुन्छ ।’

राष्ट्रिय भेलाको उद्घाटन समारोह दिउँसो १ बजे सुरु हुने विश्वकर्माले जानकारी दिए । पहिलो दिन उद्घाटन सत्र हुने र बाँकी २ दिन बन्द सत्र हुने विश्वकर्माले बताए ।

३० गते बिहा ८ बजेदेखि ९ बजेसम्म खाजा त्यसपछि १२ बजेसम्म बन्द सत्र हुने १२ बजेदेखि १ बजेसम्म खानाका लागि समय छुट्ट्याइने विश्वकर्माले जानकारी दिए ।

भेलामा पाँच हजार नेता–कार्यकर्ताहरूको उपस्थिति हुने अनुमान रहेको विश्वकर्माले बताए ।

प्रकाशित मिति: २९ श्रावण २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com