काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू पूर्ण रूपमा पार्टी एकताको पक्षमा रहेको बताएका छन्। महाराजगञ्जस्थित निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले सर्वोच्च अदालतबाट न्याय पाएपछि पार्टीभित्रको विवाद समाधान हुने र कांग्रेसमा एकता कायम हुने विश्वास व्यक्त गरे।

देउवाले आफू विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्दै त्यसविरुद्ध आफूहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताए। अदालतबाट मुद्दाको पुनरावलोकन नभएसम्म यस विषयमा धेरै बोल्न नहुने उनको भनाइ थियो।

उनले आफूलाई सुदूरपश्चिम र विशेषगरी गृहजिल्ला डडेलधुरा जान मन लागेको पनि बताए। सुदूरपश्चिमले आफूलाई धेरै दिएको भन्दै त्यहाँका जनतासँग भेटघाट गर्ने र बाँकी रहेका विकासका काम अघि बढाउने इच्छा रहेको देउवाले बताए।

प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com