काठमाडौं । बैंकिङ कसुर मुद्दामा १७ लाख ३९ हजार ५०० रुपैयाँ जरिवाना सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–११ दुधे निवासी ५६ वर्षीय हर्कधन सेवा रहेका छन्। उच्च अदालत विराटनगर, इलाम इजलासले चार वर्षअघि गरेको फैसलाअनुसार उनलाई बैंकिङ कसुर मुद्दामा जरिवाना सुनाइएको थियो।
जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको संयुक्त टोलीले उनलाई शुक्रबार घरनजिकैबाट पक्राउ गरेको हो।
पक्राउ परेका सेवालाई फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय इलामसँग समन्वय गरी बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ३० श्रावण २०८३, शनिबार













प्रतिक्रिया