काठमाडौं। अस्ट्रेलियामा हुने टप एन्ड टी–२० प्रतियोगिता तथा मैत्रीपूर्ण शृंखला खेल्न जाने नेपाल ‘ए’ टोलीको बिदाइ गरिएको छ।
क्यानले अनिलकुमार साहको कप्तानीमा १५ सदस्यीय टोलीलाई आइतबार बिदाइ गरेको हो। डार्विनमा अगस्ट २० देखि ३० सम्म हुने टप एन्ड सिरिजमा नेपालले विभिन्न टोलीसँग खेल्नेछ।
प्रतियोगितापछि नेपाल ‘ए’ ले दक्षिण अस्ट्रेलिया, तास्मानिया र न्युजिल्यान्ड ‘ए’ विरुद्ध मैत्रीपूर्ण खेल खेल्नेछ।
प्रकाशित मिति: ३१ श्रावण २०८३, आइतबार













प्रतिक्रिया