काठमाडौं। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई पार्टीको इतर समूहको नेताका रूपमा अघि बढाइएको छ। काठमाडौंमा सम्पन्न राष्ट्रिय सम्मेलनमार्फत उनलाई उक्त समूहको नेतृत्व दिने निर्णय भएको हो।

सम्मेलनद्वारा पारित ५ बुँदे प्रस्तावको पहिलो नम्बर बुँदामै १५औँ महाधिवेशनसम्मका लागि पार्टीका आवश्यक नियमित क्रियाकलापहरू सभापति शेरबहादुर देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जाने उल्लेख छ।

उक्त बुँदामा भनिएको छ, “१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिनेछ। शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा पार्टी एकजुट भई १५औँ महाधिवेशन सम्पन्न हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ। १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीका नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानुहुनेछ।”

यस निर्णयसँगै भेला एवं सम्मेलनका संयोजक रहेका डा. कोइरालालाई १५औँ महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधि अगाडि बढाउने जिम्मेवारी प्राप्त भएको छ। यसअघि कार्यवाहक सभापतिका हैसियतमा पूर्णबहादुर खड्काले इतर समूहको नेतृत्व गर्दै आएका थिए।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com