काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्।

पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको नाम, थर र ठेगाना भने खुल्न सकेको छैन।

दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको उद्धार तथा उपचारका लागि घटनास्थलमा प्रहरी टोली र एम्बुलेन्स परिचालन गरिएको छ।

दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com