काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा सञ्चालन भइरहेको कथित ‘स्क्याम कल सेन्टर’मा छापा मार्दा २५८ जना विदेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा करिब ४० जना चिनियाँ नागरिकसहित १७० जना भियतनामी तथा मलेसिया र अन्य देशका नागरिक रहेको पाकिस्तानी अधिकारीहरूले बताएका छन्।
अधिकारीका अनुसार उनीहरू इस्लामाबादको गुलबर्ग ग्रीन क्षेत्रमा पर्यटक भिसामा बसेर स्क्याम कल सेन्टर सञ्चालन गरिरहेका थिए। पक्राउ परेकाहरूलाई रावलपिण्डी जेलमा राखिएको छ।
सम्बन्धित दूतावासलाई पक्राउबारे जानकारी गराइएको र घटनाबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। अनुसन्धानपछि उनीहरूमाथि लाग्ने आरोप तथा सम्भावित कारबाहीबारे निर्णय गरिनेछ।
यसअघि सन् २०२५ जुलाईमा पनि पाकिस्तानमा यस्तै कल सेन्टरमा छापा मार्दा अधिकांश चिनियाँ नागरिकसहित १४९ जना पक्राउ परेका थिए।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया