काठमाडौं । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध चरित्र हत्या र प्रतिष्ठामा आँच पुर्याएको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन्। प्रहरीले जाहेरी प्राप्त भएको पुष्टि गर्दै अध्ययन भइरहेको जनाएको छ।
ठाकुरले जनआस्थामा प्रकाशित सामग्रीले आफ्नो चरित्र र सामाजिक प्रतिष्ठामा असर पुर्याएको भन्दै विद्युतीय कसुर ऐनअनुसार अनुसन्धान र कारबाहीको माग गरेकी छन्। यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशनको विषयमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको रिटमा रिहा गर्न आदेश दिएको थियो।
प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार













प्रतिक्रिया