काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आफ्नै वरिपरिका नेताहरूले गलत सल्लाह दिएर समस्यामा पारेको बताएका छन्। केन्द्रीय कार्यसमिति बैठक समापनका क्रममा उनले देउवालाई विगतका घटनाबाट पाठ सिक्न आग्रह गर्दै ‘आफ्नैले डुबाए, फेरि पनि डुबाउँछन्’ भने।

थापाले कांग्रेसको आन्तरिक विवादमा अल्झिरहन नचाहेको भन्दै देउवालाई पनि विवादबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गरे। आगामी महाधिवेशनमा देउवालाई पूर्वसभापतिको हैसियतमा सम्मानपूर्वक अतिथिका रूपमा बोलाएर उनका कुरा सुन्न र मार्गदर्शन लिन चाहेको उनले बताए।

प्रकाशित मिति: १ भाद्र २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com