काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन्द्र शाह नेतृत्वको सरकार जनतालाई आधारभूत सेवा, शान्ति सुरक्षा र सुशासन दिन असफल भएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत व्यङ्ग्य गरेका छन्।

बस्नेतले सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दै कवितात्मक शैलीमा विभिन्न विषय उठाएका हुन्। उनले मल उपलब्ध गराउन नसक्ने भए गाईभैंसी पाल्न, ग्यास दिन नसक्ने भए दाउरा बाल्न र शान्ति सुरक्षा दिन नसक्ने भए नागरिकले आफ्नै ज्यानको सुरक्षा गर्नुपर्ने अवस्था आएको भन्दै सरकारमाथि व्यङ्ग्य गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मल दिन सक्दिनँ! गाई भैंसी पाल !! ग्यास दिन सक्दिनँ! दाउरा बाल !! शान्ति ल्याउन सक्दिनँ! आफै राख ज्यानको ख्याल!! चोरलाई सजाय दिन सक्दिनँ! बन्द राख झ्याल!! बिचौलिया समाउन सक्दिनँ! मेरै छ बेहाल!! तर, अब आउने चुनावमा! भोट चाहिँ घण्टीमै हाल!!’

बस्नेतको यो अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको कार्यसम्पादनप्रति लक्षित देखिन्छ। उनले सरकार जनताका आधारभूत आवश्यकता पूरा गर्न र शान्ति–सुरक्षा तथा सुशासन कायम गर्न चुकेको आरोप लगाउँदै आगामी निर्वाचनमा समेत व्यङ्ग्यात्मक टिप्पणी गरेका हुन्।

प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com