काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले विद्यालयबाट घर फर्किँदै गरेका चार विद्यार्थीलाई बगाएको छ। उनीहरू निर्मल माध्यमिक विद्यालयमा कक्षा ५ भन्दा तल्लो तहमा अध्ययनरत रहेको प्रहरीले जनाएको छ।
घटनापछि विद्यार्थीहरूको खोजी तथा उद्धार कार्य जारी छ। एक विद्यार्थीको उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हराइरहेका विद्यार्थीको खोजी भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार












प्रतिक्रिया