काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’बीच आजदेखि औपचारिक वार्ता सुरु भएको छ।
महाअभियानले उठाएका मागबारे छलफल गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता सुरु भएको हो। सरकारले सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो।
सरकारको आह्वानपछि महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंले पनि विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेका थिए। दुवै पक्षबीचको टोलीले आजदेखि औपचारिक रूपमा संवाद अघि बढाएको हो।
प्रकाशित मिति: २ भाद्र २०८३, मंगलबार











प्रतिक्रिया