काठमाडाैं । नेपाली बजारमा आज बुधबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा काराेबार भएको सुनको मूल्य आज दुई हजार ७०० रुपैयाँले घटेर तीन लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ।
त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
मंगलबार प्रतितोला चार हजार ७५५ रुपैयाँ रहेको चाँदी आज १६० रुपैयाँले घटेर चार हजार ५९५ रुपैयाँमा झरेको महसंघले जनाएकाे छ।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया