काठमाडौं । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।
रामेछाप नगरपालिका–४ तिलबारीमा मंगलबार घटना भएको प्रहरीले जनाएको छ। घटनापछि फरार भएका सुनसरी घर भएका प्रेम बिसुंखेलाई बुधबार तिलबारीस्थित एक खाली घरमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा काम गर्दै आएका बिसुंखेमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार













प्रतिक्रिया