काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कांग्रेस सरकारको स्थिरताको पक्षमा रहेको बताएका छन्। उनले सरकारले पाँच वर्षको कार्यकाल पूरा गरी राजनीतिक स्थिरता र विकासलाई अघि बढाउनुपर्ने धारणा राखे।
बुधबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सरकारका कामको गुण–दोषका आधारमा कांग्रेसले रचनात्मक प्रतिपक्षी भूमिका निर्वाह गर्ने बताए। पछिल्लो समय महँगी बढेको, ग्यासको अभाव र विद्युत् सेवामा समस्या देखिएको भन्दै उनले सरकार जनताका समस्याप्रति गम्भीर हुनुपर्ने बताए।
भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारका लागि विगतका आर्थिक अपराध तथा भ्रष्टाचारका फाइल खोलेर निष्पक्ष छानबिन गर्न उनले सरकारसँग आग्रह गरे। सरकारका कमजोरीको दोष पुराना दललाई मात्र दिन नहुने भन्दै केसीले विगतका भ्रष्टाचारका घटनाको समेत छानबिन गर्न चुनौती दिए।
प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार












प्रतिक्रिया