काठमाडौं । विवाहको न्यूनतम कानुनी उमेर २० वर्ष नै कायम राख्न सरोकारवालाले जोड दिएका छन्। उमेर घटाएर १८ वर्ष बनाउनुको सट्टा विद्यमान कानुनी व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालविवाह अन्त्य गर्नुपर्ने उनीहरूको भनाइ छ।

काठमाडौंमा आयोजित बालविवाह अन्त्यसम्बन्धी राष्ट्रिय संवादमा सहभागीहरूले कम उमेरमा विवाह हुँदा शिक्षा, मानसिक अवस्था, सामाजिक जीवन तथा प्रजनन स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने बताएका छन्।

बालविवाह अन्त्यका लागि सरकार, परिवार, समुदाय र सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको उनीहरूको धारणा छ।

सहभागीहरूले बालबालिकाका लागि छुट्याइएको बजेटको प्रभावकारी कार्यान्वयनसँगै नियमित लेखापरीक्षण गर्नुपर्नेमा समेत जोड दिएका छन्। बालबालिकाको सुरक्षा, संरक्षण र अधिकार व्यवहारमै सुनिश्चित गर्न राज्य गम्भीर हुनुपर्ने उनीहरूले बताएका छन्।

प्रकाशित मिति: ३ भाद्र २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com