काठमाडौं । घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट वसन्तपुरतर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह १९२९ नम्बरको अटो बुधबार राति एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा अटोमा सवार तीन जना घाइतेमध्ये अटो चालक जिल्ला दाङ घोराही उपमहानगरपालिकाप-५ बसन्तपुर बस्ने ४५ वर्षीय विनोद पौडेलको उपचारका क्रममा आज बिहान ०२:४५ बजे मेडिकल कलेज, कोहलपुर बाँकेमा मृत्यु भएको हो ।

अन्य दुई जना घाइतेको अवस्था मध्यम रहेको छ । ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com