काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला ३ लाख चार हजार १०० र असली चाँदी प्रतितोला रु ४ हजार ५९५ मा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा २६० रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com