काठमाडौं । नेपाली कांग्रेस धादिङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का सभापति राजकुमार कुँवर बैंकिङ कसुरको आरोपमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले कुँवरलाई बुधबार कलंकीबाट पक्राउ गरेको हो। उनलाई २० लाख रुपैयाँ बिगो रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले जानकारी दिए।

धादिङको धुनिबेँसी नगरपालिका निवासी कुँवर पछिल्लो समय काठमाडौंमा बस्दै आएका थिए।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com