काठमाडौं । चेक बाउन्स मुद्दामा प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ।

प्रहरीले पौडेललाई बिहीबार काठमाडौँको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो।

उनीविरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै मुद्दा दायर गरेका थिए। सोही मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यसअघि जनता टेलिभिजनका पूर्वपत्रकार तथा पूर्वकर्मचारीहरूले आफूहरूले पाउनुपर्ने पारिश्रमिक नदिएको भन्दै आन्दोलनसमेत गर्दै आएका थिए। पारिश्रमिक भुक्तानीको माग गर्दै उनीहरूले पटक–पटक टेलिभिजन व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए। । चेक बाउन्स मुद्दामा प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ।

प्रहरीले पौडेललाई बिहीबार काठमाडौँको बानेश्वरस्थित जनता टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो।

उनीविरुद्ध दुई जना पूर्वकर्मचारीले १ लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएको भन्दै मुद्दा दायर गरेका थिए। सोही मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यसअघि जनता टेलिभिजनका पूर्वपत्रकार तथा पूर्वकर्मचारीहरूले आफूहरूले पाउनुपर्ने पारिश्रमिक नदिएको भन्दै आन्दोलनसमेत गर्दै आएका थिए। पारिश्रमिक भुक्तानीको माग गर्दै उनीहरूले पटक–पटक टेलिभिजन व्यवस्थापनको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com