हेटौँडा । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त ६ मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नयाँ मन्त्रिपरिषद्मा सरल सहयात्री पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि गिरबहादुर तामाङको नेतृत्वमा सरकारमा सहभागी भएको छ। तामाङले स्वास्थ्य तथा सामाजिक विकासमन्त्री, राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री र राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीका रूपमा शपथ लिएका छन्।

त्यस्तै, भरत केसीलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरिएको छ। ज्ञानबहादुर तामाङले भने विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका छन्।

एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राप्रपाको समर्थनमा वाग्मतीमा नयाँ सरकार गठन भएको हो। प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउने आधार प्रस्तुत गरेपछि प्रदेश प्रमुख देवकोटाले थापामगरलाई मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com