काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरूको कार्यकाल पाँच वर्षबाट घटाएर तीन वर्ष कायम गर्ने निर्णय गरेको छ।
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको दफावार छलफलका क्रममा समितिले तीन वर्षको कार्यकाल
सकिएपछि सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा थप दुई वर्षका लागि पुनः नियुक्त गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको हो। विधेयक संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो व्यवस्था कार्यान्वयनमा आउनेछ।
प्रकाशित मिति: ४ भाद्र २०८३, बिहिबार













प्रतिक्रिया