काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा ‘नागरिक, नीति र नेतृत्व’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पार्टीका केन्द्रीय सदस्य तथा नागरिकहरूसँग समसामयिक विषय, नीति निर्माण र नेतृत्वका विषयमा छलफल गरेकी छन्।

अन्तरक्रियाका क्रममा नागरिकका अपेक्षा, सार्वजनिक सेवा प्रवाह तथा सरकारका कामकारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूले विचार–विमर्श गरेका थिए।
कार्यक्रममा नागरिकका सुझाव तथा अपेक्षालाई नीति निर्माणसँग जोड्दै सार्वजनिक सेवामा सुधार ल्याउने विषयमा समेत छलफल भएको बताइएको छ।

प्रकाशित मिति: ५ भाद्र २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com